आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको भिन्न भिन्न भाषा संस्कृति, भौगोलिक बनावट र पछिल्लो समयमा जिपलाइन, बन्जी लगायतका साहसिक क्रियाकलाप को लागि चर्चित ठाउँ पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रा.लि.साथै । आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीहरु माझ लोकप्रिय गन्तव्य, भिन्न भिन्न भाषा संस्कृति, भौगोलिक बनावट भएको लमजुङ जिल्लाको सदरमुकाम बेसिसहर मा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा.लि.को प्रभु बैङ्क लिमिटेडबिच आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच हार्नेस जिपलाइन प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक सुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रा.लि तर्फबाट सञ्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैङ्क लिमिटेड तर्फबाट, बैङ्कका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार प्रभु बैङ्कका ग्राहक तथा कर्मचारीहरूले बैङ्कको डेबिट/क्रेडिट कार्ड तथा बैङ्कको अन्य कुनै विद्युतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइन प्रा.लि मा उपलब्ध विभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । हार्नेस जिपलाइन प्रा.लि, पछिल्लो तिन वर्षदेखि सञ्चालनमा आएको र छोटो समयमा नै धेरै साहसिक मनहरूलाई आकर्षित गर्न सफल भएको देखिन्छ । तथा गेट वे हिमालय रिसोर्ट प्रा.लि मा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवा हरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्ट को प्रभु बैङ्क सँग विशेष छुट सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
