एन आई सी एशिया बैङ्क लिमिटेडले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ २०७९ माघ १३ गते ‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको बताएको छ । बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका बैङ्कका १५० भन्दा धेरै व्यावसायिक साझेदारहरूको उत्साहजनक सहभागिता रहेको थियो।
मर्चेन्टहरुले देखाएको उत्साहजनक सहभागिता, सहकार्य र योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै सहयात्रालाई पुर्नताजगी गर्ने हेतुले ‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ आयोजना गरेको बैङ्कले बताएको छ। उक्त कार्यक्रममा बैङ्कका लाइफ स्टाइल बैंकिङ्ग यूनिर्भस प्रमुख श्याम प्रसाद लामिछानेले हाल बैङ्कले प्रदान गर्दै आइरहेको विभिन्न डिजिटल सेवाहरू तथा बैङ्कले आगामी दिनमा सुरु गर्न लागेका सेवाहरूको बारेमा जानकारी गराउनु भएको थियो । साथै, यस प्रकारको कार्यक्रमहरू आगामी दिनमा समेत देशका विभिन्न स्थानमा आयोजना गर्ने योजना रहेको बैङ्कले जानकारी दिएको छ ।
‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न, मर्चेन्टहरुको उल्लेख्य सहभागिता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
