अधिकतम बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमद्वारा प्रदान गर्ने अभिप्रायले सन्राइज बैङ्कले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । ज्येष्ठ ३२ गतेको एक कार्यक्रमका बिच बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाहरूको उद्घाटन गर्नुभएको सो बैङ्कले बताएको छ ।
बैङ्कले नविनतम् सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकहरूलाई बैङ्कमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न Cash Deposit Machine सञ्चालनमा ल्याएको जानकारी दिएको छ । सो सेवा अन्तर्गत ग्राहकहरूले बैङ्क कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने र त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मा समेत हुने सो बैङ्कले जानकारी दिएको छ ।
यसै गरी KIOSK मेसिनको प्रयोग गरी ग्राहकहरूले कुनै पनि समयमा बैङ्क कर्मचारीको सहयोग बिनै आफै क्लियरिङ चेक जम्मा गर्न सक्ने सोही बैङ्कले जानकारी दिएको छ । चेकहरू ग्राहकहरूको आवश्यकता तथा छनौट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्मा हुने सो बैङ्कले बताएको छ । साथै ग्राहकहरूले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै KIOSK मसिनबाट प्राप्त गर्न सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कले Cash Deposit Machine (CDM) सेवा हालको लागि आफ्नो गैरी धारा शाखामा र Cheque Deposit Kiosk सेवा गैरी धारा तथा न्युरोड शाखामा सञ्चालनमा ल्याएको र यी सेवाहरूलाई निकट भविष्यमा अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाएको पनि सोही बैङ्कले बताएको छ ।
सन्राइज बैङ्क सधैँ आधुनिक तथा नविनतम् सेवाहरू प्रदान गर्न अग्रसर रहेको बताएको छ । यस्ता नयाँ प्रणालीहरूको प्रयोगबाट नगद तथा चेक जम्मा गर्ने लगायतका सेवाहरू प्राप्त गर्न भौतिक फारम भर्नु पर्ने तथा बैङ्कको काउन्टरमा लाइन बस्नु पर्ने हालको अवस्था अन्त्य भई ग्राहकहरूलाई सहज सुविधा पुग्ने बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले जनाउनु भयो ।
सन्राइज बैङ्कद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
