सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र वीरगन्ज, पर्सा स्थित सूर्य हस्पिटलबिच सिटिजन्स बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्र अनुसार सिटिजन्स बैङ्कका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सूर्य हस्पिटलमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । यस सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैङ्कले लिएको जनाएको छ ।
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशै भरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।
सिटिजन्स बैङ्क र सूर्य हस्पिटलबिच समझदारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
