स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १४३.६० प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ३२ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्त १४ लाख १८ हजार रुपैयाँ घाटामा गएको देखिन्छ ।
३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको स्वस्तिक लघुवित्तले ६४ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, स्वस्तिक लघुवित्तले ४१ करोड २६ लाख रुपैयाँ सापटी लिएको छ।
स्वस्तिक लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २५.२६ प्रतिशतले घटेर ७५ लाख ६९ हजार रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.६२ प्रतिशत छ ।
खुद ब्याज आम्दानी घटेसँगै स्वस्तिक लघुवित्तको नाफामा १४३.६० प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

0.00%

100.00%

0.00%
