प्रभु बैङ्कका कर्मचारीहरूलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुर मा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर सँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैङ्कका तर्फबाट बाग्मती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार प्रभु बैङ्क लि.का कर्मचारीहरूले कर्मचारी मान्य परिचयपत्र को आधारमा मा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर को विभिन्न सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।
उक्त समारोहमा विशेष गरी महिला कर्मचारीहरूलाई लक्षित गरी स्तन र पाठेघर सम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो । स्तन सम्बन्धी क्यान्सर का डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सर की डा.अनु बज्राचार्य ले चेतना मूलक सन्देश प्रस्तुत गर्नुभएको थियो भने सो समारोहमा उल्लेखनीय महिला कर्मचारीहरूको सहभागिता समेत रहेको थियो ।