फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २३.३९ प्रतिशतले धटेको छ । आ.व. २०७८/७९ को चौथौँ त्रैमास सम्ममा लघुवित्तले २५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा लघुवित्तले १९ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले ७ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले ७ अर्ब ४६ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २५ करोड ३८ लाख रुपैयाँ र सञ्चित मुनाफा १८ करोड ८ लाख रुपैयाँ रहेको छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १.८७ प्रतिशतले बढेर ४३ करोड ३४ लाख रुपैयाँ पुगेको छ । लघुवित्तकाे वितरण याेग्य मुनाफा १७ करोड ७१ लाख रुपैयाँ रहेकाे छ। आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा फर्स्ट माइक्रोफाइनान्सले आफ्ना शेयरधनिहरूलाई १५.४३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।
सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.६६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ८६ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ६८४ को आधारमा मूल्य आम्दानी अनुपात ३९.८६ गुणा रहेको छ ।
फर्स्ट माइक्रोफाइनान्सको नाफामा गिरावट, अन्य सूचक कस्ता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
