विगत केही समयदेखि वाणिज्य बैङ्कहरूले भद्र सहमतिमा ब्याजदर निर्धारण गरिरहेका थिए । यसरी सहमति अनुरूप बैङ्कहरूको ब्याजदरमा एकरूपता आइरहेको परिपक्ष्यमा अघिल्लो महिना देखि सबै वाणिज्य बैङ्कहरू ब्याजदर निर्धारणमा स्वतन्त्र छन् ।
यसै अनुरूप २०८० साउन महिनादेखि वाणिज्य बैङ्कहरूको ब्याजदर फरक फरक रहेको थियो । बैङ्कहरूले भाद्र महिनाको लागि व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताका लागि फरक फरक ब्याजदर प्रकाशन गरेका छन् ।
२० वटा वाणिज्य बैङ्कहरूले प्रकाशन गरेको ब्याजदरलाई हेर्ने हो भने अन्य बैङ्कहरूले जारी गरेको ब्याजदर भन्दा ग्लोबल आइएमई बैङ्कको ब्याजदर बढी रहेको छ ।
ग्लोबल आइएमई बैङ्कले भाद्र महिनाका लागि प्रकाशित गरेको ब्याजदरमा व्यक्तिगत निक्षेपमा अधिकतम वार्षिक १०.८९६ प्रतिशत र संस्थागतमा अधिकतम वार्षिक ९.३९६ प्रतिशत व्यवस्था गरेको छ ।
वैदेशिक रोजगारीमा गई विदेशी भूमिलाई कर्म क्षेत्र बनाई आयआर्जन गरेका व्यक्तिहरूको कमाइलाई बैंकिङ्ग माध्यमबाट नेपालमा ल्याउन महत्त्वपूर्ण योगदान गरिरहेको ग्लोबल आइएमई बैङ्कले बचत तथा मुद्दती तर्फ अन्य बैङ्कहरूले प्रकाशन गरेको ब्याजदर भन्दा उच्चतम ब्याजदर प्रकाशित गरेको छ ।
सामान्यतया बैङ्कहरूले रेमिटेन्स निक्षेपमा अन्य निक्षेपको ब्याजदर भन्दा १ प्रतिशत धेरै दिइरहेका छन् तर ग्लोबल आइएमई बैङ्कले अन्य निक्षेपमा भन्दा २ प्रतिशत धेरै दिएको प्रकाशित ब्याजदरको सूचनामा देखिएको छ ।
रेमिटेन्स तर्फ बचत निक्षेपमा वार्षिक ९.९६६ प्रतिशत र मुद्दती निक्षेपमा वार्षिक ११.८९६ प्रतिशत रहेको छ ।
बैङ्कहरूको प्रकाशित ब्याजदरलाई हेर्ने हो भने बैङ्कको विभिन्न बचत निक्षेप योजनाहरूमा पनि उच्चतम ब्याजदर प्रकाशन गरेको देखिन्छ ।
बैङ्कको सबै नेपालीको बचत खाता तथा सोचे जस्तै बैङ्क खातामा वार्षिक ७.९६६ प्रतिशत र ग्लोबल रेमिट बचत खातामा वार्षिक ९.९६६ प्रतिशत प्रकाशित गरेको छ ।  यसरी हेर्दा स्वदेश तथा विदेशमा बसोबास गर्नेहरूले ब्याज आम्दानी वृद्धि गर्ने हो भने ग्लोबल आइएमई बैङ्कमा बचत गर्दा उपयुक्त हुने देखिएको छ ।
मुद्दती निक्षेपतर्फ ३ महिना वा सो भन्दा धेरै अवधि भएका मुद्दती योजनाहरूमा ग्लोबल आइएमई बैङ्कले वार्षिक १०.८९६ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ ।
उक्त मुद्दती योजनामा प्रकाशित ब्याजदर अन्य वाणिज्य बैङ्कहरूले प्रकाशित गरेको मध्य उच्चतम ब्याजदर हो ।
संस्थागत निक्षेप तर्फ पनि बैङ्कले प्रकाशित ब्याजदर अन्य वाणिज्य बैङ्कहरूले प्रकाशित ब्याजदर मध्य अधिकतम नै देखिन्छ ।
न्यूनतम ६ महिना वा सो भन्दा बढी अवधि भएको संस्थागत निक्षेपमा वार्षिक ९.३९६ प्रतिशत प्रकाशित गरेको छ ।
बैंकिङ्ग क्षेत्रमा आउने निक्षेपहरूमा बैङ्कको ब्याजदरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ ।
निक्षेपकर्ताहरुले उपलब्ध ब्याजदरहरू मध्य धेरै ब्याजदर प्रदान गर्ने वित्तीय संस्था रोजाइमा राख्ने गरेको देखिन्छ । बचतकर्ता महानुभावहरूको लागि पनि उपलब्ध ब्याजदरहरू मध्यबाट उच्च ब्याजदर प्रदान गर्ने बैङ्कमा निक्षेप राख्ने हो भने ब्याज आम्दानी धेरै हुन्छ ।
साथै, बैङ्कहरूले भाद्र महिनाको लागि प्रकाशित गरेको ब्याजदरलाई मध्य नजर गर्दा भाद्र महिनामा ग्लोबल आइएमई बैङ्कमा धेरै निक्षेपकर्ताहरुको आकर्षण हुने देखिन्छ ।
सो बैङ्कको नेपालका ७७ जिल्लामा शाखा कार्यालयहरू पनि रहेको र सम्पूर्ण शाखा सञ्जाल तथा विभिन्न सेवा केन्द्रहरूबाट ग्राहकहरूले निक्षेप जम्मा गर्न सकिने हुँदा ग्राहकहरूले यस उच्चतम ब्याजदरको स्वाभाविक फाइदा लिने अवसर बन्ने देखिन्छ ।
 
ग्लोबल आइएमई बैङ्कले बचतमा उच्च ब्याज दिँदै, रेमिटेन्स बचतमा अरूभन्दा २ प्रतिशत बढी
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    