प्रभु बैङ्क लिमिटेड र पोखरा स्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल.) बिच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मिर्गौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाड जोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परीक्षण गरिने सम्पूर्ण ल्याब सेवा शुल्कमा प्रभु बैङ्कका ग्राहक र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ल्याब परीक्षणको सेवा शुल्कमा प्रभु बैङ्कका ग्राहकहरूलाई २० प्रतिशत र बैङ्क कर्मचारीलाई २५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् । गण्डकी प्रदेशको पहिलो र लोकप्रिय एवं आइएसओ २०१५ प्रमाणित युनाइटेड रेफरेन्स ल्याबोरेटरीले सञ्चालन गरेका मुख्य कार्यालय सभागृह चोक, कास्की हस्पिटल चोक, महेन्द्र पुल, मिया पाटन, बाटुले चौर, चाउथे, बिरौटा, लेकसाइड, शिशुवा, तनहुँको दुलेगौडा, शुक्लागण्डकी, दमौली, लमजुङको बेशीशहर, स्याङ्जाको पुतली बजार, वालिङ लगायत १८ भन्दा बढी ल्याबहरूमा उक्त छुट प्राप्त गर्न सकिनेछ ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली.का तर्फबाट अध्यक्ष ठाकुरप्रसाद पन्थ र बैङ्कको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ । उक्त समारोहमा प्रभु बैङ्क लि.सहसम्बन्ध प्रबन्धकहरू प्रकाश पौडेल, शर्मिला भण्डारी, युनाइटेड रेफरेन्स ल्याबोरेटरीका प्रबन्ध निर्देशक गणेश कोइराला, सुशील थापा लगायतको उपस्थिति रहेको थियो ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल.) र प्रभु बैङ्कबिच विशेष छुट सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
