'Learn.Save.Earn' स्थायी नाराका साथ हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने  Global Money Week को एघारौँ संस्करण  'Plan your money, plant your future' भन्ने नाराका साथ यस वर्ष मार्च २० देखि २६ सम्म देशभर बैङ्क तथा वित्तीय संस्थाहरूको प्रत्यक्ष संलग्नतामा वित्तीय साक्षरता कार्यक्रमका साथ मनाइयो । यसै क्रममा कृषि विकास बैङ्क लि. गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा पोखराको गुरुकुल विद्या सदन नयाँ बजार पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
त्यस विद्यालयमा कक्षा ११ मा विज्ञान मुख्य विषय अध्ययनरत विद्यार्थीहरूलाई कृषि विकास बैङ्कका उपमहाप्रबन्धक प्रेम कुमार श्रेष्ठ र नेपाल राष्ट्र बैङ्क पोखरा शाखाका निर्देशक आर्या जोशीले वित्तीय साक्षरता सम्बन्धमा प्रशिक्षण दिनु भएको छ । सो कार्यक्रममा विद्यार्थीहरूलाई बैङ्कको विकास क्रम, बचत गर्ने बानी, बचतको महत्त्व र बचतलाई आफ्नो आवश्यकता अनुसार बैङ्कको विभिन्न किसिमका खातामा जम्मा गर्ने, यसले पार्ने सकारात्मक प्रभाव, बैङ्कले उपलब्ध गराउने कर्जाका प्रकारहरू र कृषि विकास बैङ्कले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिमका अतिरिक्त विभिन्न डिजिटल प्रडक्टहरू र त्यसको उपयोगिताका अतिरिक्त वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीहरूलाई जानकारी गराएको बैङ्कले बताएको छ ।
गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रकाश कँडेलको अध्यक्षता, नेपाल राष्ट्र बैङ्क पोखराका निर्देशक आर्या जोशीको प्रमुख आतिथ्य र कृषि विकास बैङ्क मुख्य कार्यालयका उपमहाप्रबन्धक प्रेम कुमार श्रेष्ठको विशिष्ट आतिथ्य रहेको उक्त कार्यक्रममा प्रदेश कार्यालय पोखराका वरिष्ठ शाखा प्रमुखहरू कृष्ण कुमारी पौडेल, महेश पौडेल, भिम सुवेदी लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको सो बैङ्कले जानकारी दिएको छ ।
कृषि विकास बैङ्कको आयोजनामा पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    