प्रभु बैङ्क, न्यु होटेल पिस प्यालेस र होटेल दि राजन बाग्लुङ्ग बिच छुट सम्झौता

प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकहरूलाई बाग्लुङ्गमा अवस्थित न्यु होटेल पिस प्यालेस र होटेल दि राजन ले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहका बिच सम्झौतामा न्यु होटेल पिस प्यालेसका सञ्चालक निलेश राज भण्डारी, होटेल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैङ्कका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकहरूले बैङ्कसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटेलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरूले भरिपूर्ण बाग्लुङ्ग जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रूपमा चिनिन्छ । अन्नपूर्ण, धौलागिरि, ढोरपाटन, मुस्ताङ र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरूका लागि ट्रान्जिट सेन्टरको रूपमा काम गरिरहेको बाग्लुङ्ग झोलुङ्गे पुलहरूको जिल्लाको उपनामबाट परिचित छ । धौलागिरि र अन्नपूर्ण शृङ्खलाका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय बाग्लुङ्ग ट्रेकिङ, बाइकिङ्ग, र्याफ्टिङ्ग तथा साहसिक चाहनेहरूका लागि उक्त गन्तव्य स्थानका रूपमा लिइन्छ । कालिका भगवती मन्दिर, पन्चकोट, शालिग्राम सङ्ग्रहालय, गलकोट दरबार जस्ता धार्मिक तथा पुरातात्त्विक महत्वका स्थानहरूबाट समेत परिचित छ । त्यस्तै बाग्लुङ्गको अर्को लोकप्रिय आकर्षण नेपालको एक मात्र इजाजतप्राप्त सिकार आरक्ष, ढोरपाटन सिकार आरक्ष जहाँ निलो भेडाहरूको प्रमुख वासस्थान रहेको पाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x