हरेक व्यक्तिको एउटा सपना हुन्छ आफ्नै स्वामित्वको सुन्दर घर होस् । तर, घर बनाउन घडेरी हुनुपर्यो, जुन सबैको नहुन सक्छ । यही कुरालाई मध्यनजर गरेर शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले घर बनाउने सपना साँचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रडक्ट लन्च गरेको छ ।
असोज १ गते लन्च भएको सो कर्जा योजनामा बैङ्कले एक जनालाई अधिकतम एक करोडसम्म कर्जा दिने भएको छ । सो कर्जा २० वर्षे अवधिको हो । सो कर्जाको ब्याजदर बेस रेटमा २ प्रतिशत रिस्क प्रिमियम जोडेर लिइने बैङ्कले जनाएको छ । कर्जा चुक्ता नहुन्जेलसम्म रिस्क प्रिमियममा कुनै परिवर्तन हुने छैन । खरिद गरेको घडेरीमा घर निर्माण गर्दा बैङ्कले थप कर्जा उपलब्ध गराउनेछ र उक्त थप कर्जाको रिस्क प्रिमियम समेत २ प्रतिशत मात्र हुनेछ ।
सरकारी र गैरसरकारी कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली,उद्योगी, व्यवसायी र नियमित आम्दानी भएका कुनै पनि पेसासँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरेर ‘शाइन घडेरी कर्जा’ प्रडक्ट ल्याएको बैङ्कका कर्जा प्रमुख किरण नेपालले बताउनुभयो ।
सो कर्जा प्राप्त गर्न थप अचल सम्पत्ति धितो नचाहिने र कर्जा प्राप्तिपछि किनेको घडेरी नै धितो राख्न मिल्ने नेपालले बताउनुभयो । ‘धेरैजसो बैङ्कहरूले घर कर्जामा मात्र फोकस गरेको सन्दर्भमा हामीले घर बनाउन आफ्नो घडेरी हुनुपर्ने पहिलो सर्तलाई मध्यनजर गरेर ‘शाइन घडेरी कर्जा’ प्रडक्ट ल्याएका हौँ’– कर्जा प्रमुख नेपालले भन्नुभयो– ‘नेपाल सरकारले समेत जग्गाको कित्ताकाट खुला गरेको अवस्थामा यो कर्जा योजनाले धेरै नेपालीले घडेरी किन्न सक्ने र यसले अर्थतन्त्रलाई थप चलायमान बनाउन कोशेढुंगा साबित हुने विश्वास बैङ्कले लिएको छ।’
सो कर्जामा रिस्क प्रिमियम न्यून दरमा रहेको र घडेरी किनेपछि घर बनाउन पनि बैङ्कले कर्जा दिने भएकाले पनि यो कर्जा सबैका लागि वरदान साबित हुने बैङ्कको विश्वास रहेको बैङ्कले जनाएको छ ।
२०६५ साल फागुन ११ गते स्थापना भएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेको एक मात्र राष्ट्रिय स्तरको विकास बैङ्क हो । बैङ्कको पाँच वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा सञ्चालनमा रहेका छन् । बैङ्कले गत वर्ष वेस्ट म्यानेज्ड डेभलपमेण्ट बैङ्कको उपाधि जितेको थियो भने हालसालै इमर्जिङ एशिया डेभलपमेण्ट बैङ्कको उपाधि जितेको छ।
शाइन रेसुङ्गाले घडेरी किन्न एक करोडसम्म कर्जा दिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
