अन्य क्षेत्रबाट कर्जाको माग घट्दै गए पनि वाणिज्य बैङ्कहरूले सेयर बजारमा कर्जा लगानी उल्लेखनीय रूपमा बढाएका छन्। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) सम्मको तथ्याङ्क अनुसार २० वटा वाणिज्य बैङ्कमध्ये १९ वटाले कुल १ खर्ब २० अर्ब ६१ करोड २६ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका छन्।
यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउनसम्मको ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँको तुलनामा ६८.२३ प्रतिशतले बढी हो। तथ्याङ्क अनुसार १८ वटा बैङ्कको शेयर लोन बढेको छ भने एनआईसी एशियाको घटेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले भने यस शीर्षकमा कर्जा प्रवाह गरेको छैन।
समीक्षा अवधिसम्म सबैभन्दा धेरै शेयर लोन दिनेमा नबिल बैङ्क अग्रणी रह्यो। नबिल बैङ्कले साउनमा मात्र १६ अर्ब ५७ करोड ७० लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५४.६६ प्रतिशत वृद्धि हो।
ग्लोबल आइएमई बैङ्क दोस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष साउनमा ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ शेयर लोन दिएको बैङ्कले यस वर्ष सो रकम बढाएर १२ अर्ब ८९ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ, जसमा ५८.७७ प्रतिशतको वृद्धि भएको छ।
तेस्रो स्थानमा रहेको कुमारी बैङ्कले सबैभन्दा तीव्र वृद्धि देखाएको छ। अघिल्लो वर्ष साउनमा ५ अर्ब २७ करोड ७७ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको बैङ्कले यस वर्ष ११ अर्ब २५ करोड ९ लाख रुपैयाँ पुर्याएको छ, जुन ११३.१८ प्रतिशतले बढी हो।
यता, सबैभन्दा कम शेयर लोन दिनेमा नेपाल एसबीआई बैङ्क रहेको छ भने एनआईसी एशिया बैङ्कको कर्जा प्रवाह ४०.०१ प्रतिशतले घटेको छ।
वाणिज्य बैङ्कहरूको शेयर लोन प्रवाहमा ६८% को वृद्धि, कसको कति?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
