आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ८.८१ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले ९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
८६ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आरएसडिसी लघुवित्तले ६ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आरएसडिसी लघुवित्तले ५ अर्ब ९३ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १६ करोड १७ लाख रुपैयाँ र सञ्चित मुनाफा ६ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
आरएसडिसी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २९.२२ प्रतिशतले बढेर २१ करोड ४० लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.३७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ६ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ५०८.०० को आधारमा मूल्य आम्दानी अनुपात ३८.५१ गुणा रहेको छ ।
आरएसडिसी लघुवित्तको नाफामा ८.८१ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
