नेपाल बीमा प्राधिकरणको आयोजनामा यही असोज ४ गते बिहीबार ललितपुर जिल्लास्थित गोदावरी नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कृषि तथा पशुपन्छी बीमा र घरबीमालाई योजनाबद्ध किसिमले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख महर्जनले राहतको व्यवस्थाले समस्याको समाधान नहुने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न बीमा नै गर्नुपर्ने बताउनुभयो ।
नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले नगरपालिकाका सेवासँग बीमालाई आबद्ध गर्न आग्रह गर्नुहुँदै बीमाबाट घर लगायत सम्पत्तिको जोखिम बीमा कम्पनीमा हस्तान्तरण भई आर्थिक सुरक्षण हुने बताउनुभयो ।
निर्देशक लालले घटना कतिखेर हुन्छ भन्ने थाहा नहुने भएकाले दुर्घटना बीमा र कृषि तथा पशुपन्छी बीमालाई प्रोत्साहित गर्न तथा विपन्न वर्गको बीमा नगरपालिकाले नै गरिदिने व्यवस्था गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुति गर्नुभएको थियो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरू तथा बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक निश्चल राज बानियाँले गर्नुभएको थियो ।
गोदावरी नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
