
नेको इन्स्योरेन्स लिमिटेडले हालै निष्कासन गरेको लिलामी सेयरको बाँडफाँट प्रक्रिया पूरा भएको छ। लिलामीमा सर्वसाधारण समूहबाट सहभागी भएका र न्यूनतम ६९७ रुपैयाँ ८७ पैसा वा सोभन्दा बढी मूल्य कबोल गरेका लगानीकर्ताले सेयर पाएका छन्।
यसअघि, कम्पनीले वैशाख १२ गतेदेखि हकप्रद सेयर बिक्री सुरु गरेको थियो। तर, बिक्री नभएका कुल १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलामीमार्फत पुनः निष्कासन गरिएको थियो।
लिलामी बाँडफाँटपछि सेयर प्राप्त नगरेका आवेदकहरूको लगानी रकम आज जेठ ४ गतेदेखि फिर्ता गरिँदै छ। कम्पनीका अनुसार, रकम लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेका बैङ्क खातामा Connect IPS प्रणालीमार्फत पठाइनेछ।
यदि रकम तोकिएको समयमै खातामा जम्मा नभएको खण्डमा, लगानीकर्ताले सानिमा क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालय, सममार्ग, नक्साल, काठमाडौँमा सम्पर्क गर्न सक्नेछन्। साथै, कम्पनीले सबै आवेदकलाई व्यक्तिगत बैङ्क खाताको अवस्था यथाशीघ्र जाँच गर्न अनुरोध गरेको छ।
 
नेको इन्स्योरेन्सको लिलामी सेयर बाँडफाँट सम्पन्न, न्यूनतम मूल्य ६९७.८७ रुपैयाँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    