सन नेपाल लाइफ इन्स्योरेन्सले असोज मसान्तसम्म नियुक्त हुने मार्केटिङ मेनेजरहरूलाई ग्राण्ड होटेल पोखरामा कार्त्तिक ९ र १० गते २ दिनको मार्केटिङ म्यानेजर इन्स्टलेसन प्रोग्राम टाइटलको ग्राण्ड कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ, ट्रेनर तथा लाइफ कोच रविन कटुवाल लगायत प्रदेश प्रमुख तथा विभिन्न शाखा प्रमुखहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा देशभरबाट ५०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीको ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे(सुन्तली) ले अभिकर्ता मार्फत सामाजिक रूपमा सेवा प्रदान गराउँदै व्यावसायिक रूपमा अर्थाेपार्जन गर्न सकिने बताउनुभयो र महिलाहरूले गृहिणीको रूपमा मात्र सीमित नरही व्यावसायिक रूपमा अभिकर्ता मार्फत र आत्मनिर्भर र सामाजिक रूपान्तरण गर्न आग्रह गरेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले यस डिजिटल युगमा डिजिटल साक्षरताको महत्वबारे चर्चा गर्नुभयो । उहाँले यस प्रतिस्पर्धात्मक युगमा डिजिटलाइजेसनले अभिकर्ताहरूलाई सफल बनाउन कसरी मद्दत गर्न सक्छ भन्ने कुरामा मार्ग दर्शन पनि दिनुभयो । साथै, उहाँले आफ्ना अभिकर्ताहरूलाई अझ राम्रो कार्य सम्पादन गर्न र ग्राहकलाई सुरक्षित जीवनको प्रत्याभूति दिलाउन नवीनतम योजनाहरू ल्याउन काम गरिरहेको जानकारी दिनुभयो ।
सन नेपाल लाइफको पोखरामा मार्केटिङ म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
