
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ०० अङ्कले घटेर २७२४ दशमलव ०३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ५३ अङ्कले घटेर ४६७ दशमलव ०९ को विन्दुमा पुगेको छ ।
आज कूल ३४२ कम्पनीहरूका ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर रु. ४ अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य सामूहिक लगानी कोष शून्य दशमलव ०८ अङ्कले, निर्जीवन बिमा ४०.६० अङ्कले, अन्य उपसमूह ३.८६ अङ्कले र ट्रेडिङ उपसमूह १२.६७ अङ्कले बढेका छन् । यता, बैङ्किङ उपसमूह १ दशमलव ८५ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ७ दशमलव ६८ अङ्कले, वित्त उपसमूह ९ दशमलव ५४ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ३३.१० अङ्कले, जलविद्युत उपसमूह ९.८० अङ्कले, लगानी उपसमूह शून्य दशमलव ०३ अङ्कले, जीवन बिमा उपसमूह २४.३७ अङ्कले, उत्पादन उपसमूह ५४.८३ अङ्कले र लघुवित्त उपसमूह १८.५४ अङ्कले घटेका छन् ।
धितोपत्र बजारमा ४.०० अङ्कको गिरावट, नेप्से २७२४.०३ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
