
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबार फाल्गुन २९ गते सोमबारका दिन चिलिमे जल-विद्धुत कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ।
नेपाल स्टक एक्सचेन्जमा सोमबार चिलिमे जल-विद्धुत कम्पनी लिमिटेडको कुल ५० लाख ६३ हजार ८४६.०१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ७.५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । कम्पनीको सोही बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो ।