यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २६ दशमलव ६६ अङ्कले घटेर २२०० दशमलव ५० को विन्दुमा कायम भएको छ। आज कूल २६५ कम्पनीहरूका २ करोड ०९ लाख ७९ हजार ८८७ कित्ता शेयर रु. ४ अर्ब ७३ करोड ७६ लाख ०८ हजार ८१० मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. २५ करोड ५६ लाख ६९ हजार ८४१ बराबरको शेयर कारोबार भयो । त्यस्तै,  ग्लोबल आइएमई बैङ्क लिमिटेडको रु. १९ करोड १६ लाख ४८ हजार ३६३ बराबरको शेयर कारोबार भएको छ।

यता, प्रभु बैङ्क लिमिटेडको रु. १५ करोड १९ लाख ८६ हजार ८२९ कारोबार हुँदा शिवम् सिमेन्ट्स लिमिटेडको रु. १३ करोड ३९ लाख २० हजार २८३ र कुमारी बैङ्क लिमिटेडको रु. १३ करोड १४ लाख १८ हजार ७१४ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x