धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनाे अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ०१ अंकले घटेर १८६७ दशमलव २१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ७२ अंकले बढेर ३६७ दशमलव ०६ को विन्दुमा पुगेको छ ।
आज कूल २४७ कम्पनीहरूका ३१ लाख ११ हजार ८३३ कित्ता शेयर रु १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य बैंकिङ उपसमूह १ दशमलव ३८ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ०५ अङ्कले र अन्य उपसमूह ३०.२४ अङ्कले बढेका छन् । यता, विकास बैंक उपसमूह १७ दशमलव ०९ अङ्कले घट्दा वित्त उपसमूह १०.८९ अङ्कले, होटल तथा पर्यटन उपसमूह ६२.४६ अङ्कले, जलविद्युत उपसमूह ११.७५ अङ्कले, लगानी उपसमूह शुन्य दशमलव ११ अङ्कले, जीवन बीमा उपसमूह ३७.५४ अङ्कले, उत्पादन उपसमूह १.५७ अङ्कले, लघुवित्त उपसमूह ७.३८ अङ्कले, निर्जीवन बीमा २१.६२ अङ्कले र ट्रेडिङ उपसमूह २० दशमलव ४६ अङ्कले घटेकाे छ ।
धितोपत्र बजारमा ०.०१ अङ्कको गिरावट, नेप्से १८६७.२१ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
