छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५३.७१ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले २१ कराेड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले ३२ कराेड ९१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
२ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छिमेक लघुवित्तले ३३ अर्ब ५९ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, छिमेक लघुवित्तले ४ अर्ब ७९ करोड ८१ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २ अर्ब १४ करोड ६ लाख रुपैयाँ रहेको छ।
छिमेक लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३८.६२ प्रतिशतले बढेर ७३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ८१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ६४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ ३० पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १०२३ काे आधारमा मूल्य आम्दानी अनुपात १८.०६ गुणा रहेको छ ।
खुद ब्याज आम्दानी बढेसँगै छिमेक लघुवित्तको नाफा र ईपीएस पनि बढ्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
