समता घरेलु लघुवित्तकाे नाफा ५ करोड ३६ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३४ करोड २७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको समता घरेलु लघुवित्तले ३ अर्ब १९ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, समता घरेलु लघुवित्तले १ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १६ करोड २४ लाख रुपैयाँ रहेको छ।

समता घरेलु लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३६.६९ प्रतिशतले बढेर १५ करोड ९१ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.७३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x