साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले घटेर २०९७ दशमलव २९ को विन्दुमा कायम भएको छ। आज कूल २८६ कम्पनीहरूका १ करोड १३ लाख २३ हजार १८३ कित्ता शेयर रु. ५ अर्ब ०८ करोड १९ लाख ७६ हजार १७९ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ४२ करोड ५६ लाख ५४ हजार ७०७ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडको रु. २७ करोड ५५ लाख ९६ हजार ४२७ बराबरको शेयर कारोबार भएको छ।
यता, सोल्टी हाेटल लिमिटेडको रु. २० करोड ८६ लाख ५० हजार ३१६ कारोबार हुँदा सूर्यज्योति लाइफ इन्स्योरेन्सको रु. १६ करोड ६७ लाख ५७ हजार २९२ र आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. १४ करोड ६८ लाख ८१ हजार ८६९ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
