राष्ट्रिय वाणिज्य बैङ्कले ४६५ जना कर्मचारीहरू माग्यो, +2 पासलाई पनि अवसर

 

राष्ट्रिय वाणिज्य बैंकको रिक्त रहेका विभिन्न तह र पदमा लोक सेवा आयोगको सहमति अनुसार खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका तथा कुनै वात कसुर नलागेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट मिति २०८०/०३/१० गतेदेखि Online दरखास्त फाराम भर्न बैंकले आह्वान गरेको छ । बैंकले तोकेको Online दरखास्त फाराममा भर्नुपर्ने सम्पूर्ण विवरणहरू भरी सो साथ आफ्नो नेपाली नागरिकता र दरखास्त दिने पदका लागि तोकिएको अन्तिम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा Scan गरी Attach गर्नुपर्नेछ | नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानमा कार्यरत उम्मेदवारहरूले विभागीय स्वीकृति समेत अनिवार्य रूपमा Scan गरी Attach गर्नुपर्नेछ । रीत नपुगेको, तोकिएको आवश्यक न्यूनतम शैक्षिक योग्यता नभएको र तोकिएको परीक्षा दस्तुर नबुझाएका Online दरखास्त उपर कुनै कारबाही हुनेछैन ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

साथै नेपाल सरकार वा कुनै सङ्गठित संस्था वा बैंक / वित्तीय संस्थाको सेवाबाट भविष्यमा अयोग्य ठहरिने गरी नोकरीबाट बरखास्त गरिएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित भएको, नेपाल राष्ट्र बैंकले जारी गरेको नियमन तथा निर्देशन अनुसार बैंक / वित्तीय संस्थाको कुनै पदमा नियुक्ति हुन अयोग्य हुने भनी तोकिएको व्यक्ति, बैंक / वित्तीय संस्थाको ऋण नतिरी कालो सूचीमा परेको व्यक्ति, तोकिएको पदमा तोकिएको उमेर नपुगेको वा उमेरको हद नाघेको व्यक्ति, मानसिक सन्तुलन ठीक नभएको र यसअघि लोक सेवा आयोगबाट सञ्चालित परीक्षामा अनियमितता गरी उम्मेदवार हुन बन्देज लगाइएको अवधि पूरा नभएका उम्मेदवारहरूको दरखास्त उपर कुनै कारबाही हुनेछैन । झुटा विवरण उल्लेख गरी Online दरखास्त फाराम भरेमा सोको जवाफदेही दरखास्तवाला स्वयं हुनुपर्नेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

परीक्षा दस्तुर समेत Online मार्फत उपलब्ध गराइएका माध्यम ( RBB Mobile Banking वा Namaste Pay वा e-Sewa वा Khalti वा तोकिएका अन्य ) बाट बुझाउनुपर्नेछ | परीक्षा दस्तुर नगदमा बुझ्ने व्यवस्था नरहेको व्यहोरा समेत बैंकले सूचनाबाट जानकारी गराएकाे छ|

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
0.00%
0.00%
0.00%
0.00%
50.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x