धितोपत्र बजारमा ६.५४ अङ्कको वृद्धि, नेप्से २६८३.८६ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ५४ अङ्कले बढेर २६८३ दशमलव ८६ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ५० अङ्कले घटेर ४५० दशमलव १५ को विन्दुमा पुगेको छ ।

आज कूल २९९ कम्पनीहरूका १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता शेयर रु. ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य  बैङ्किङ उपसमूह २ दशमलव ७९ अङ्कले, वित्त उपसमूह ८ दशमलव ०१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ३२.२४ अङ्कले, जीवन बिमा उपसमूह ११.५४ अङ्कले, लघुवित्त उपसमूह २.३२ अङ्कले, निर्जीवन बिमा ५६.४७ अङ्कले, अन्य उपसमूह शून्य दशमलव ४० अङ्कले र ट्रेडिङ उपसमूह ४५.९५ अङ्कले घटेका छन् । यता, विकास बैङ्क उपसमूह १३४ दशमलव ०८ अङ्कले बढ्दा जलविद्युत उपसमूह ५९.२७ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ५१ अङ्कले, उत्पादन उपसमूह शून्य दशमलव ९३ अङ्कले र सामूहिक लगानी कोष शून्य दशमलव १० अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x