साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक ४ दशमलव ६८ अङ्कले बढेर १९३२ दशमलव ३३ को विन्दुमा कायम भएको छ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ८.०२ प्रतिशत, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ५.९६ प्रतिशत, साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीहरुले ५.४२ प्रतिशत र सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका शेयरधनीहरुले ५.१७ प्रतिशतका दरले कमाएका छन् ।
यता, सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताहरूले ४.३५ प्रतिशतले गुमाउँदा सनराइज फोकस्ड इक्विटी फण्ड ३.८२ प्रतिशत, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड ३.६५ प्रतिशत, एनआईबिएल ग्रोथ फण्ड ३.५३ प्रतिशत र आरविवि म्युचुअल फण्ड १ (३.२५) प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
