यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू



साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३ दशमलव ३१ अङ्कले बढेर १८२१ दशमलव ६२ को विन्दुमा कायम भएको छ।आज कूल २६९ कम्पनीहरूका २० लाख ६३ हजार ७३७ कित्ता शेयर रु. ६४ करोड १ लाख १७ हजार २६० मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा  एनआईसी एशिया बैङ्क लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ५ करोड १ लाख ४६ हजार ३६१ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम सिमेन्ट लिमिटेडको शेयर रु २ करोड ८८ लाख ९२ हजार ७९० बराबरको शेयर कारोबार भएको छ।

यता, स्वाभिमान नबिल बैङ्क  लिमिटेडको २ करोड १६ लाख ८५ हजार २७७ कारोबार हुँदा नेपाल इन्स्योरेन्स  लिमिटेडको रु १ करोड ६७ लाख  १ हजार २९६ शेयर र  हिमालयन बैङ्क लिमिटेडको १ करोड ६४ लाख ३४ हजार ३४८ बराबरको शेयर कारोबार भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x