थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ०५ गते देखि आइपिओ जारी गर्ने भएको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ५० हजार कित्ता सम्म तोकेको छ ।
कम्पनीको जारी पुँजीको २५ प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरको १२ लाख ३१ हजार २५० कित्ता साधारण शेयर मध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ४ लाख ९२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि र बाँकी १५ प्रतिशत अर्थात् ७ लाख ३८ हजार ७५० कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात् ७३ हजार ८७५ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि, ५ प्रतिशत अर्थात् ३६ हजार ९३८ कित्ता साधारण शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ७७५ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्टाइ शेयर बाँडफाँड पश्चात् बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता साधारण शेयर सर्वसाधारणहरुकाे लागि निष्कासन गरी आइपिओ विक्री गर्न लागेको हो।
सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) असार ०८ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा असार १९ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
यही असार ०५ गते देखि थ्रीस्टार हाइड्रोपावरले आइपिओ जारी गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
