धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २ दशमलव ४३ अङ्कले घटेर १८४१ दशमलव ९३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ४५ अङ्कले घटेर ३५३ दशमलव ८० को विन्दुमा पुगेको छ ।
आज कूल २६५ कम्पनीहरूका १९ लाख ४२ हजार ६२६ कित्ता शेयर रु. ५८ करोड ९१ लाख ७७ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह २ दशमलव ६३ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ८ दशमलव ९० अङ्कले, होटेल तथा पर्यटन उपसमूह १४.३९ अङ्कले, लगानी उपसमूह शून्य दशमलव २३ अङ्कले, जीवन बिमा उपसमूह ९.२० अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०६ अङ्कले, अन्य उपसमूह १०.७८ अङ्कले र ट्रेडिङ उपसमूह ४.७४ अङ्कले घटेका छन् ।यता, वित्त उपसमूह ३ दशमलव २६ अङ्कले, जलविद्युत उपसमूह २.१२ अङ्कले, उत्पादन उपसमूह २६.०३ अङ्कले, लघुवित्त उपसमूह शून्य दशमलव ९३ अङ्कले र निर्जीवन बिमा ३०.८३ अङ्कले बढेका छन् ।
धितोपत्र बजारमा ५८ करोड माथिको कारोबार, नेप्से १८४१.९३ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%