
नेपाल राष्ट्र बैङ्कले विभिन्न बैङ्क तथा वित्तीय संस्थामा कुल ८ अर्ब ८८ करोड रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्ने निर्णय गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक गरेको सूचनाअनुसार उक्त रकम ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाहरूमा वर्गीकरणका आधारमा बाँडफाँड गरिनेछ।
जस अनुसार वाणिज्य बैङ्कहरूमा ७ अर्ब १० करोड ४० लाख रुपैयाँ, विकास बैङ्कहरूमा १ अर्ब ३३ करोड २० लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ४४ करोड ४० लाख रुपैयाँ निक्षेप राखिनेछ। यो निक्षेप वैशाख ३ गतेदेखि लागू हुने गरी ३६७ दिनका लागि रहनेछ।
राष्ट्र बैङ्कले इच्छुक बैङ्क तथा वित्तीय संस्थालाई चैत २२ गतेभित्र आवेदन दिन आग्रह गरेको छ। आवेदन दिने संस्थाहरू कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, न्यूनतम पुँजी कोष कायम गरेको तथा निष्क्रिय कर्जा सम्बन्धी मापदण्ड पूरा गरेको हुनुपर्ने उल्लेख गरिएको छ।
राष्ट्र बैंकले ८ अर्ब ८८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
