ज्योति विकास बैङ्कको मोबाइल बैङ्किङ App बाट हवाई टिकट खरिदमा रु. ५०० क्यासब्याक

ज्योति विकास बैङ्कले आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बैङ्कको मोबाइल बैङ्किङ App, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा रु. ५०० क्यासब्याक प्राप्त हुने आकर्षक योजना सार्वजनिक गरेको छ। सो सर्वाधिक क्यासब्याक योजना मार्फत बैङ्कका ग्राहकहरूले ज्योति स्मार्ट App बाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन्। सो योजनाअन्तर्गत, देशभरका जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिदमा रु. ५०० को सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ। ज्योति स्मार्ट App बाट हवाई टिकट खरिद गर्दा अफर बक्समा "FLY500" प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक प्राप्त हुनेछ। साथै, पहिलो ३०० जना मात्र यो अफरबाट लाभान्वित हुन सक्नेछन्।

सीमित अवधिका लागि लागू हुने यो विशेष अभियान यही मङ्सिर ३ गतेदेखि प्रभावकारी रूपमा सुरु भएको छ। अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट App प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन्। बैङ्कले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ।

बैङ्कले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित डिजिटल सेवा पहुँच प्रदान गर्नका लागि डिजिटल बैङ्किङ प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ। बैङ्कले हालै मात्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था INTERCERT ले प्रदान गरेको यो प्रमाणपत्रले यस विकास बैङ्कको सूचना सुरक्षा उपायहरूलाई प्राविधिक रूपमा बलियो, समसामयिक र जोखिम व्यवस्थित रहेको ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x