१ लाख ३३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै जानकी फाइनान्स कम्पनी

जानकी फाइनान्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरुले १ लाख ३३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका दुई जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा ०२ जेठदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो कम्पनीले जानकारी दिएको छ । कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले ०२ जेठबाट जानकी फाइनान्स कम्पनी लिमिटेडको कम्पनी सचिव कार्यालयमा के कति शेयर खरिद गरी लिने हो सोको ब्यहोरा खुलाई निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने सो कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x