आजको तरकारी र फलफूलको मूल्य



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।


जसअनुसार,नेपाली ठुलो गोलभेँडा भारतीय प्रतिकेजी न्यूनतम ४० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १० रुपैयाँ, रातो आलु (मुडे)४० रुपैयाँ, सेतो आलु ३६ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १६० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ६०, लोकल घिउ सिमी लोकल ६०, भटमासकोशा १६०, मटर कोसा १६०,तिते करेला ४०, लौका ६०, परवल लोकल ६०, पाकेको फर्सी ५०, डल्लो फर्सी हरियो ४०, घिरौँला ६०, भिण्डी ७०, सलगम ७०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३३०, कुरिलो २८०, ब्रोकाउली ८०, तोफु ११०, लोकल काँक्रो १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

चमसूरको साग ११०, पालुङ्गो साग ११०, मेथीको साग ११०, तोरीको साग ३० हरियो लसुन ७०, हरियो प्याज ५०, रायो साग ४०, धनियाँ ३२० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, तरबुजा हरियो ४०, दसहरी आँप १००, मौसम १८०, अनार ३८०, केरा दर्जनको १४०, फूजी स्याउ २८०, आभोकाडो ५०० र मेवा भारतीय १०० र लिच्ची लोकल १२० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x