धनगढी यातायात कार्यालयको राजस्व ४८ करोड नाघ्यो, सवारी कर मुख्य स्रोत

यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा ४८ करोड १९ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। विभिन्न शीर्षकबाट उक्त रकम सङ्कलन भएको कार्यालय प्रमुख भुवन जोशीले जानकारी दिनुभएकाे छ ।

कार्यालयका अनुसार सबैभन्दा ठुलो हिस्सा सवारीसाधन करबाट आएको छ, जहाँबाट मात्रै ३७ करोड ८३ लाख रुपैयाँ राजस्व उठेको छ। यता, व्यावसायिक दर्ता दस्तुरबाट सबैभन्दा कम, करिब १२ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ।

अन्य शीर्षकअन्तर्गत चालक अनुमति पत्र, सवारी दर्ता, लाइसेन्स नवीकरण, जरिवाना तथा जाँच पास सेवा मार्फत ९ करोड ३५ लाख ८२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ। त्यसै गरी, लगतकट्टा, प्रदूषण परीक्षण र रुट इजाजत जस्ता शीर्षकबाट ८८ लाख २६ हजार रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा भने यस कार्यालयले ७५ करोड ५६ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। साथै, कार्यालयको बेरुजु रकम शून्य रहेको तथ्याङ्कले देखाएको छ, जसले वित्तीय अनुशासन सुदृढ रहेको सङ्केत गर्दछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x