बजेट निजी क्षेत्रको मनोबल बढाउने खालको छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट निजी क्षेत्रको मनोबल बढाउने गरी आएको बताउनु भएको छ । 

सोमवार सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग उहाँले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले दिएका सुझाव समेटिएको र सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको हो । तर आर्थिक ऐन कसरी आउँछ भन्ने हेर्न भने बाँकी रहेकोले तत्कालै प्रतिक्रिया दिन हतार हुने उहाँको भनाई छ । 

उहाँले भन्नुभयो ‘आर्थिक ऐन कसरी आउँछ भन्ने हेर्न भने बाँकी छ । बजेट धेरैजसो भाषणमा मात्र राम्रो सुनिन्छन् कार्यान्वयनमा नभएको परम्परागत चलन छ  । केही निजी क्षेत्रको मनोबल बढाउने गरी आएको छ । निजी क्षेत्रले दिएका कतिपय सुझाव समेटिएको पनि छ, ।’

उहाँले पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्च कटौतीका लागि विशेष पहल गरिएको विषय राम्रो पक्ष रहेको धारणा राख्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x