साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १७ दशमलव ३५ अङ्कले घटेर १९४१ दशमलव ७७ को विन्दुमा कायम भएको छ। आज कूल २६८ कम्पनीहरूका ७० लाख ४९ हजार ६९९ कित्ता शेयर रु. २ अर्ब ६३ करोड ९५ लाख ०९ हजार ६९७ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. २१ करोड ७९ लाख ९४ हजार ९०३ बराबरको शेयर कारोबार भयो । त्यस्तै, नेपाल टेलिकमको शेयर रु. ९ करोड १३ लाख ०२ हजार ८०८ बराबरको शेयर कारोबार भएको छ।
यता, सोल्टी हाेटल लिमिटेडको रु. ८ करोड ८६ लाख ६९ हजार ०६७ कारोबार हुँदा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको रु. ८ करोड ३८ लाख २९ हजार ५६१ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडको रु. ७ करोड ८८ लाख ८४ हजार ४०९ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
