शिवम् सिमेन्ट्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल पौष ०३ गते, मङ्गलवार बसेको १२३ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७९/०८० को मुनाफाबाट कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने रकम रु. ६२ करोड ७० लाख रुपैयाँ बराबरको बोनस शेयर र ०.७५ प्रतिशतले हुन आउने रकम रु. ३ करोड ३० लाख रुपैयाँ बराबरको नगद (कर प्रयोजनार्थ समेत) गरी जम्मा १५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने शिवम् सिमेन्ट्स लिमिटेडले जानकारी दिएको छ ।
Click here to view the notice.
शिवम् सिमेन्ट्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
