साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले बढेर २१२९ दशमलव ४२ को विन्दुमा कायम भएको छ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ९.९९ प्रतिशत, सिटि हाेटल लिमिटेडका शेयरधनीहरुले ९.९९ प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ९.९७ प्रतिशत र माउन्टेन इनर्जि नेपाल लिमिटेडका शेयरधनीहरुले ९.७६ प्रतिशतका दरले कमाएका छन् ।
यता, सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ६.९४ प्रतिशतले गुमाउँदा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड ६.२५ प्रतिशत, मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड ५.१९ प्रतिशत, कालिञ्चोक दर्शन लिमिटेड ४.३९ प्रतिशत र ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड ४.१० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
