हिमालय उर्जा विकास कम्पनीले आज २२ औँ वार्षिक साधारण सभा गर्दै

हिमालय उर्जा विकास कम्पनी लिमिटेडले यही ज्येष्ठ ०९ गते (आज) २२ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा अर्पण बैंक्विट, थापागाउँ, नयाँबानेश्वर, काठमाडौँमा बिहानको ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी कम्पनीको अधिकृत पुँजी वृद्धि गरी रु. २ अर्ब ५० करोड पुर्‍याउने विशेष प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ । साथै सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि शेयरधनी दर्ता किताब मिति २०७९ पुस १८ गतेलाई मानेको छ । सो आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x