उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको शेयर आज देखि लिलामी मार्फत विक्रीमा

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर जेठ २८ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।

लिलामी मार्फत विक्री हुन लागेको कम्पनीको ३८ हजार ०९९ कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु. ३५० तोकिएको छ। उक्त संस्थापक शेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोही व्यक्ति तथा सङ्गठित संस्थाहरूले जेठ २८ गतेदेखि असार ०३ गतेसम्म यस कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा खरिद गर्ने हो सो को जानकारी खुलाइ गोप्य सिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

बोलपत्र पेस गर्दा संस्थापक तर्फ न्यूनतम १ हजार कित्ता र अधिकतम पुरा शेयर सङ्ख्याका लागि आवेदन दिन सक्ने र आवेदकले तोकिएको वा सोभन्दा बढी मूल्य अङ्कित गरी आवेदन गर्नुपर्ने कम्पनीले बताएको छ भने कम्पनीको बिक्री प्रबन्धक  एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x