नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८१ साल पौष २६ गते, शुक्रवारको दिन बसेको सञ्चालक समितिको ३८८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०८०/८१ को वितरणयोग्य मुनाफाबाट कायम चुक्ता पुँजीको कुल २१.०५ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०८०/८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ११.०५ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा २१.०५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र आगामी बस्ने कम्पनीको २५ औँ वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र वितरण हुने कम्पनीले जनाएको छ।
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
