नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै


बैङ्किङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैङ्कले आइतबार ४० अर्ब रुपैयाँ सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैङ्कले निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट रकम खिच्ने तयारी गरेको हो।

राष्ट्र बैङ्कका अनुसार आइतबार दिउँसो ३ बजे अनलाइन प्रणालीमार्फत बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। सहभागी हुन चाहने बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् भने अधिकतम रकम ५ करोड रुपैयाँका गुणकमा प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस निक्षेप सङ्कलन प्रक्रियामा ब्याजदर बोलकबोलमार्फत तय हुनेछ। साथै, एकल तथा बहु–ब्याजदर दुवै विकल्पमा प्रस्ताव पेस गर्न सकिने सुविधा दिइएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले मात्र यसमा सहभागिता जनाउन पाउनेछन्।

५६ दिन अवधिको यस उपकरणको साँवा तथा ब्याज भुक्तानी जेठ १७ गते गरिने केन्द्रीय बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x