कुल वस्तु आयात १८.१ प्रतिशतले घट्यो, के हुन् नेपालमा आयात हुने मुख्य वस्तुहरू ?



चालु आर्थिक वर्ष २०७९/८० को चैत्र महिना सम्ममा कुल वस्तु आयात १८.१ प्रतिशतले घटी १२ खर्ब ०१ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो ।


वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, सुन जन्य बस्तु, फेरस प्राेडक्टस तथा रासायनिक मलको आयात बढेको छ भने मेसिनरी र पार्ट्स, यातायातका साधन तथा पार्टपुर्जा, औषधि, कच्चा सोयाविन तेल, चामल/धान तथा टेली कम्युनिकेसन उपकरण लगायतका वस्तुको आयात घटेको छ ।

नेपालमा आयात हुने प्रमुख वस्तु पेट्रोलियम पदार्थ, यस आर्थिक वर्षको चैत्र महिना सम्ममा २ खर्ब ३० अर्ब ८९ करोड रुपैयाँ बराबरको आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले २ खर्ब १८ अर्ब ३५ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७ प्रतिशतको वृद्धि हो। पेट्रोलियम पदार्थको आयातले नेपालको कुल वस्तु आयातको १९.२ प्रतिशत अंश ओगटेको छ।

मेसिनरी र पार्ट्सको आयातले नेपालको कुल वस्तु आयातको ४.५ प्रतिशत अंश ओगटेको छ। नेपालले चालु आर्थिक वर्षको फाल्गुन चैत्र सम्ममा ५४ अर्ब ४६ करोड रुपैयाँ बराबरको मेसिनरी र पार्ट्सको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ७० अर्ब ४० करोड रुपैयाँ बराबरको मेसिनरी र पार्ट्सको आयात गरेको थियो। उक्त वस्तुको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.६ प्रतिशतले घटेको देखिन्छ।

नेपालले यस आर्थिक वर्षको चैत्र महिना सम्ममा ४५ अर्ब २१ करोड रुपैयाँ बराबरको यातायातका साधन तथा पार्टपुर्जा आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले १ खर्ब ०१ अर्ब ८६ करोड रुपैयाँ बराबरको यातायातका साधन तथा पार्टपुर्जा आयात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.६ प्रतिशतले घटेको देखिन्छ।

नेपालले यस आर्थिक वर्षको चैत्र महिना सम्ममा ३७ अर्ब ३८ करोड रुपैयाँ बराबरको औषधी आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ६२ अर्ब ३५ करोड रुपैयाँ बराबरको औषधी आयात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.१ प्रतिशतले घटेको देखिन्छ।

सुन जन्य बस्तुको आयातले नेपालको कुल वस्तु आयातको ३.१ प्रतिशत अंश ओगटेको छ। नेपालले चालु आर्थिक वर्षको चैत्र महिना सम्ममा ३७ अर्ब २९ करोड रुपैयाँ बराबरको सुन जन्य बस्तुको आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ३३ अर्ब ६१ करोड रुपैयाँ बराबरको सुन जन्य बस्तुको आयात गरेको थियो। उक्त वस्तुको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.० प्रतिशतले बढेको देखिन्छ।

त्यस्तै नेपालमा आयात हुने अन्य मुख्य बस्तुहरूमा फेरस प्राेडक्टस, रासायनिक मल, कच्चा सोयाबिन तेल, चामल/धान, टेली कम्युनिकेसन उपकरण तथा पार्ट्स रहेका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x