नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को नाै महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशित गरेको छ । उक्त प्रकाशित तथ्याङ्कका प्रमुख झलकहरू यस प्रकार रहेका छन् ।
- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत छ ।
- आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेकाे छ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशत र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेकाे छ ।
- शोधनान्तर स्थिति रु.१८० अर्ब १७ करोडले बचतमा छ ।
- कुल विदेशी विनिमय सञ्चिति रु.१४३३ अर्ब ७३ कराेड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड रहेको छ ।
- सङ्घीय सरकारको खर्च रु.९४३ अर्ब ५ करोड र राजस्व परिचालन रु.६८३ अर्ब ८१ करोड छ ।
- विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेकाे छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको छ ।
- बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ७ प्रतिशतले बढेकाे छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ ।
- वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाकाे वृद्धिदर ३.२ प्रतिशत छ ।
- मर्जर तथा एक्वीजीसनले बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या ११९ पुगेको छ भने शाखा सञ्जाल ११,६४३ पुगेको छ।
- कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैङ्कहरूका शाखा विस्तार भएका छन्।