विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशतको वृद्धि


वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा ३९.१ प्रतिशतले वृद्धि भई रु. १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र महिनामा मात्र विप्रेषण आप्रवाह रु. २ खर्ब ९ अर्ब ७५ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब ३९ अर्ब ५४ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २,९४,१८६ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २,९३,२५९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३,५८,२२२ र २,४९,६५२ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर रु. १८ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा यस्तो ट्रान्सफर रु. १३ खर्ब ३ अर्ब १२ करोड रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x