नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ३० अर्ब तरलता तान्दै


नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। केन्द्रीय बैङ्कले निक्षेप सङ्कलन उपकरण मार्फत उक्त रकम सङ्कलन गर्न लागेको जनाएको छ।

राष्ट्र बैङ्कको अनुसार निक्षेप सङ्कलनका लागि बुधवार दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। सहभागी बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन्। बोलकबोल रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस पटकको निक्षेप सङ्कलन ब्याजदरमा आधारित बोलकबोल प्रणाली मार्फत हुनेछ। सहभागी संस्थाहरूले बहु ब्याजदरमा समेत एकभन्दा बढी प्रस्ताव पेस गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ।

निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

राष्ट्र बैङ्कको अनुसार ५६ दिन अवधिको यस निक्षेप सङ्कलन उपकरणको साँवा तथा ब्याज साउन १३ गते भुक्तानी गरिनेछ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x