एनआईसी एशिया बैङ्कको नाफा ५२.३१ प्रतिशतले घटेको छ । आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा बैङ्कले ४ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को तेस्रो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ९१ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । बैङ्कको खुद ब्याज आम्दानी घट्नुका साथै इम्पेरमेन्ट चार्ज व्यापक बढ्दा नाफा घटेको देखिन्छ।
१४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआईसी एशिया बैङ्कले ३ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १७ अर्ब ४५ करोड रुपैयाँ रहेको छ भने यता, सञ्चित मुनाफा १ अर्ब ७२ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.९५ प्रतिशतले घटेर ८ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा १ अर्ब ७२ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २९ पैसा छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४७ पैसा र पछिल्लो कारोबार मूल्य रु ३८५ को आधारमा मूल्य आम्दानी अनुपात २२.२६ गुणा रहेको छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात ०.८५ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ भने ७० करोड ९० लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ । यता सर्ट लाेन लस प्राेभिजन भने ८६ कराेड ९५ लाख रुपैयाँ रहेकाे छ ।
एनआईसी एशिया बैङ्कको नाफामा ५२.३१ प्रतिशतको गिरावट, अधिकांश सूचकहरू नकारात्मक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
