कामना सेवा विकास बैङ्क लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौँको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा आयोजित सभाले आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न प्रस्ताव पारित गरेको छ।
सभाले सञ्चालक समितिको प्रस्ताव तथा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत व्यवस्थाअनुसार बैङ्कको सञ्चित मुनाफाबाट अग्राधिकार शेयर धनीलाई अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
त्यस्तै, बैङ्कका साधारण शेयर धनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। उक्त नगद लाभांशमा करसमेत समावेश गरिएको बैङ्कले जनाएको छ।
सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा–नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ।
यसका साथै, बाह्य लेखा परीक्षक नियुक्ति गर्ने प्रस्तावसहित सभामा पेस भएका अन्य प्रस्तावहरू पनि अनुमोदन गरिएको बैङ्कले जनाएको छ।
कामना सेवा विकास बैङ्कको २०औँ वार्षिक साधारण सभा सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
