
बैङ्किङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैङ्कले शुक्रवार १ खर्ब २० अर्ब रुपैयाँ तान्ने भएको छ। निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट पैसा खिच्ने तयारी गरिएको हो।
यसका लागि दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। सहभागी हुन इच्छुक बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडको गुणकमा कुल आह्वान रकमसम्म प्रस्ताव पेस गर्न सक्नेछन्।
निक्षेप सङ्कलन ब्याजदरका आधारमा हुनेछ भने बहु ब्याजदर प्रणालीमार्फत पनि बहु बोलकबोल गर्न सकिनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैङ्कको अनुसार १९ दिने निक्षेप सङ्कलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी वैशाख ३० गते गरिनेछ।
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट १ खर्ब २० अर्ब तरलता तान्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
